News & Events

News & Events

औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको एभरेष्ट पेरेन्ट्रल्सले के गर्दैछ?

औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको एभरेष्ट पेरेन्ट्रल्सले के गर्दैछ?

मंगलबार, फागुन १७, २०७८, १५:१०:५४ – सेतोपाटी संवाददाता

एभरेष्ट पेरेन्ट्रल्स प्रा. लिले लार्ज भोल्युम पेरेन्ट्रल्स, स्मल भोल्युम पेरेन्ट्रल्स, आँखा र कानको ड्रपहरूको उत्पादनलाई एउटै छतमुनि ल्याएको छ। देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कम मूल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उत्पादहरू उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा यो औषधि उद्योगको स्थापना भएको हो ।

बारा जिल्ला अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको छाता पिपरा, वार्ड नं ९ मा अवस्थित एभरेष्ट पेरेन्ट्रल्स प्रा. लि औषधि उद्योगले ठूलो सम्भावना बोकेको छ ।यस उद्योगमा अत्याधुनिक प्रयोगशाला, उच्च प्रविधिको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर छ।

यो उद्योगले कोरोना महामारी समय सिडिसी गाइडलाइन अनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट बनाएको थियो।

यो औषधि उद्योगको सञ्चालन महेश रानासरियाले सञ्चालन गरेका हुन्। उद्योगले हाल दर्जनौं गुणस्तरीय उत्पादनहरू बजार भित्र्याउँदै नेपाली औषधि बाजारमा बेग्लै पहिचान बनाएको छ।

एभरेष्ट पेरेन्ट्रल्सले नेपालमा पहिलोपटक युरो हेडको अत्याधुनिक प्रविधि भित्र्याएको छ। उक्त प्रविधिको उपयोगले उत्पादको मूल्य बढेपनि उत्पादनको गुणस्तर भने राम्रो हुने बताइएको छ।

यस उद्योगको ठुलो भोल्युम अन्तर्गत यूरो पोर्ट/स्ट्राइल पोर्ट स्लाइन पानी दुई हजार बोतल प्रति घण्टा, यूरो पोर्ट / स्ट्राइल पोर्ट फ्लेक्सी ब्यागको स्लाइन पानी दुई हजार पाँच सय ब्याग प्रति घण्टा र सानो भोल्युम अन्तर्गत ग्लास एम्पुल १४ हजार एम्पुल प्रति घण्टा, ग्लास भायल सात हजार सिसी प्रति घण्टा, इयर ड्रप र आई ड्रप १४ हजार सिसी प्रति घण्टाको उत्पादन क्षमता छ।

परराष्ट्रहरूबाट आयात गरिने औषधिहरू भविष्यमा स्वदेशमै उत्पादन गरेर परनिर्भरता न्यून गर्न सकिने उद्योगका प्रमुख कार्यकारी अधिकृत रानासरियाले बताए।

उनले उद्योगमा उत्पादित औषधिहरूबाट नेपालमा हुने खपतलाई परिपूर्ण गरेर, निर्यात समेत गरी राष्ट्रलाई गौरवान्वित बनाउने र विदेशी मुद्रा नेपालमा ल्याउने लक्ष्य पनि राखेका छन्।

साथै, उनी उद्योगले रोजगारका अवसर प्रदान गर्नेमा सकारात्मक छन्। एभरेष्ट पेरेन्टेरल्सले दुई सय ५० जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ। सिइओ रानासरियाका अनुसार भविष्यमा यो संख्यामा वृद्धि हुने सम्भावना छ।

यो उद्योग डब्ल्युएचओ/जिएमपी मापदण्डअनुसार स्थापना छ। यो ८५,००० वर्ग फिट जग्गामा ७८,००० भन्दा बढी क्षेत्रफलमा निर्माण भएको छ।

Source Link: https://www.setopati.com/kinmel/medical/263491